जरुरी छ
हुन्
जरुरी छ ।
अनिधो
ओच्छ्यानबाट निस्केका
आयनहरुको
बेरोजगारीको
चिस्यनले गाजिएका
सन्नाटापनको
,
मन
बहलाउने रुमानी हस्ताक्षरहरुको
ए !
सुनन्
अस्ति
भर्खर खाडी गएको साइँलो
आज पशुपतिमा बेवारिसे अवस्थामा छ रे
मनसून
भित्रिए जसरी बंगालको खाडीबाट
युवा
निर्यात भइरहेछन् विदेशतिर,
राज्य
मौन रहँदा ,
रोजगारीको
नाउँमा युवा मारिएको ,
बलात्कृत
युवतीको सब निहालिरहेका नयनको,
कठ्घरामा
न्याय नपाइ,
न्यायलयको
पछाडीको सडकमा
महिनौ
देखि भोकै सुतिरहेका मातापिताको ,
साँघुरो
गल्लिको छिँडीमा हराएकी शान्तीको,
सहिदको
रगतले लतपतिएका सपनाहरुको,
न्याय
नपाइ अन्यायमा परेको अख्तियारको
एक
पटक जनअदालतमा सुनुवाई हुन जरूरी छ।
- लिलाराम जेनी
1 Comments