जरुरी छ

 केवल एक पल सुनुवाई

हुन् जरुरी छ ।

अनिधो ओच्छ्यानबाट निस्केका

आयनहरुको

बेरोजगारीको चिस्यनले गाजिएका

सन्नाटापनको ,

मन बहलाउने रुमानी हस्ताक्षरहरुको

ए ! सुनन्

अस्ति भर्खर खाडी गएको साइँलो 

आज पशुपतिमा बेवारिसे अवस्थामा छ रे

मनसून भित्रिए जसरी बंगालको खाडीबाट

युवा निर्यात भइरहेछन् विदेशतिर,

राज्य मौन रहँदा ,

रोजगारीको नाउँमा युवा मारिएको ,

बलात्कृत युवतीको सब निहालिरहेका नयनको,

कठ्घरामा न्याय नपाइ,

न्यायलयको पछाडीको सडकमा

महिनौ देखि भोकै सुतिरहेका मातापिताको ,

साँघुरो गल्लिको छिँडीमा हराएकी शान्तीको,

सहिदको रगतले लतपतिएका सपनाहरुको,

न्याय नपाइ अन्यायमा परेको अख्तियारको

एक पटक जनअदालतमा सुनुवाई हुन जरूरी छ।

                                       - लिलाराम जेनी